प्रिमियर इन्स्योरेन्स एनसीएचएलको भुक्तानी प्रणालीमा आबद्ध

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
प्रिमियर इन्स्योरेन्स एनसीएचएलको भुक्तानी प्रणालीमा आबद्ध

काठमाडौं ।

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ। आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो।

जसका लागि दुई कम्पनीबीच सम्झौता भएको छ। सम्झौता पत्रमा प्रिमियर इन्स्योरेन्सका तर्फबाट संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सहदेव तिवारी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात प्रिमियर इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने पहिलो नन-लाईफ इन्स्योरेन्स कम्पनी बनेको छ। जसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी इन्स्योरेन्स दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ।

यसले प्रिमियर इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुने बताईएकोछ।

यसरी एनपीआईमा जोडिएपछि प्रिमियर इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ। एनपीआईसँग गरिने उक्त इन्टिग्रेसनमा प्रिमियर इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा.लि. को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले प्रिमियर इन्स्योरेन्स लगायत १८ भन्दा बढी नन-लाईफ इन्स्योरेन्सलाई कोर प्रणाली प्रदान गर्दै आएको जनाएको छ।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...