बाढीका कारण पानासोनिकको मलेसिया स्थित कारखाना अस्थायी रूपमा बन्द

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
बाढीका कारण पानासोनिकको मलेसिया स्थित कारखाना अस्थायी रूपमा बन्द

काठमाडौं ।

जापानको पानासोनिक कर्पले मलेसियामा बाढीका कारण आफ्नो कारखानाको सञ्चालन स्थगित गरेको छ।

भ्याकुम क्लिनर र फ्यानहरू उत्पादन गर्ने कारखानाको सञ्चालन करिब एक हप्ता पछि पुन: प्राप्ति हुने अपेक्षा गरिएको निकाईले रिपोर्ट गरेको छ।

अखबारकाअनुसार डाइहात्सु मोटरले पनि मलेसियामा आफ्नो एउटा उत्पादन कारखाना रोकेको थियो।

यसका साथै बुर्सा मलेसियामा सोमबार गरिएको फाइलिङमा समूहले फ्यान र भ्याकुम क्लिनरको उत्पादन तत्कालका लागि अवरुद्ध भएको र बाढीबाट प्रभावित मेसिन र उपकरणहरूको अवस्था मूल्याङ्कन गर्न कम्पनीलाई एक साता लाग्ने बताएको छ।

कम्पनीका केही आपूर्तिकर्ताहरू पनि बाढीबाट प्रभावित भएको जानकारी दिइएको छ।

कम्पनीले अन्य उत्पादन लाइन भने सही अवस्थामा भएको जानकारी दिएको छ।

अघिल्लो साता मलेसिया र फिलिपिन्समा भिषण आँधिबेहरी आएको थियो।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार