काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो जीटी२ सिरिजको स्मार्टफोन वैश्विक रुपमा आगामी जनवरी ४ का दिन सार्वजनिक गर्ने भएको छ।
कम्पनीका संस्थापक तथा सीईओले उक्त मिति ट्विटरमार्फत सार्वजनिक गरेका हुन्। उनका अनुसार रियलमी जीटी२ सिरिजको ग्लोबल लन्च आगामी जनवरी ४ का दिन स्थानीय समयअनुसार बिहान ११:३० बजे चीनमा हुनेछ।
https://twitter.com/skyli_realme/status/1473474621563277315
कम्पनीले हालै जीटी २ प्रो विश्वकै पहिलो जैविक पदार्थमा आधारित स्मार्टफोन हुने र यो कागजबाट प्रेरित हुने बताएको छ।
यसबाहेक १५० डिग्री वाइड एङ्गल क्यामरा हुने पनि पहिलो फोन हुने दावी गरिएको यसमा रियलमीको अल्ट्रा वाइड ब्यान्ड हाइपरस्मार्ट एन्टेना स्विचिङ फिचर र मोबाइलमा १२ ओटा एन्टेनासमेत उपलब्ध हुने बुझिएको छ।
रियलमी जीटी२ प्रो क्वालकम स्न्यापड्रागन ८ जेन १ चिपसेट रहेको कम्पनीको पहिलो फोन हुनेछ जसमा अन्डर डिस्प्ले सेल्फी क्यामरा, १ टी स्टोरेज तथा ६.७ इन्चको सामसङको एमोलेड क्यूएचडी+ डिस्प्ले रहनेछ।
प्रकाशित: ७ पुष २०७८, बुधबार