
काठमाडौं ।
बजेट स्मार्टफोनका लागि लोकप्रिय चिनियाँ कम्पनी शाओमीले चाँडै नै नयाँ सिरिजसहितको स्मार्टवाच लन्च गर्न लागेको छ। गत महिना, स्टफलिस्टिङ र डिजिटल च्याट स्टेशनले खुलासा गरेअनुसार शाओमीले नयाँ स्मार्टवाच सिरिज ‘एस’ प्रमाणित गराएको छ।
टेक वेबसाइट ९१ मोबाइल्सको रिपोर्टअनुसार कम्पनीले चाँडै नै सन् २०२२ को सुरुमा यस ब्रान्ड अन्तर्गत नयाँ स्मार्टवाच लन्च गर्ने बताएको छ। शाओमीको नयाँ स्मार्टवाच शाओमी वाच एस१ (Xiaomi Watch S1) हो।
शाओमीले एमआई वाच कलर, वाच रिभोल्भ, एमआई वाच रिभोल्भ एक्टिभ जस्ता स्मार्टवाचहरूको दायरापछि, यसले स्मार्टवाचहरूको दायरा विस्तार गर्दैछ।
रिपोर्टकाअनुसार कम्पनीका अन्य उत्पादनहरू निकै किफायती भएकाले स्मार्टवाचको नयाँ दायरा अपेक्षाकृत कम मूल्यको हुनेछ।
बाहिर आएका जानकारीहरुका अनुसार शाओमी वाच एस १ सन् २०२२ को पहिलो क्वाटरमा लन्च हुनेछ र यो युरोप, इन्डोनेसिया, मलेसिया र सिंगापुरका बजारहरूमा उपलब्ध हुनेछ।
विभिन्न अपुष्ट स्रोतहरूलाई उदृत गर्दै आएका समाचार अनुसार कम्पनीले अब आफ्नो ब्रान्ड एमआईका साथ स्मार्टवाचहरु उत्पादन लन्च गर्नेछैन्।
हाल, कम्पनीले यस ब्रान्डका साथ युरोपका बजारहरूमा एमआई वाच र एमआई वाच लाइट बेच्छ, जुन सम्भवतः यो ब्रान्डिङसहितको अन्तिम स्मार्टवाच हुनेछ।
प्रकाशित: ७ पुष २०७८, बुधबार