
काठमाडौं ।
टोयोटा मोटर कर्पले मंगलबार आउँदो वर्ष कारहरुका लागि कस्टमाइजेशन तथा अपडेट सेवा शुरु गर्ने बताएको छ।
कम्पनीले यसो गर्नुमा आफ्ना सवारीहरु उपभोक्ताले लामो समयसम्म प्रयोग गरिरहुन् र अन्य कम्पनीतर्फ नजाउन् भन्ने रहेको बुझिएको छ।
किन्ट फ्याक्ट्री नाम दिइएको उक्त सेवा आगामी जनवरीको अन्त्यतिरबाट शुरु हुने र यस अन्तर्गत नयाँ सुरक्षाका फिचर, पुनर्ताजगी गरिएको आन्तरिक साजसज्जा तथा कारको कम्प्युटर सिस्टमको सफ्टवेयर अपडेट रहने कम्पनीले जनाएको छ।
टोयोटाले आफूलाई कारको निर्माता र बिक्रेताबाट अझ बढी सेवामा आधारित मोबिलिटी कम्पनीमा परिवर्तन गर्न खोजिरहेको बुझिएको छ। यो नयाँ सेवा टोयोटाको सन् २०१९ मा सार्वजनिक भएर कार शेयरिङ सेवा प्रदान गर्दै आएको किन्टो ब्रान्ड अन्तर्गत रहेको छ।
दिगोपनाका लागि कारहरु लामो समयसम्म स्वस्थ तरिकाले प्रयोग गर्नुपर्ने र अन्त्यमा संकलन गरेर पुन: प्रयोगमा ल्याउनुपर्ने किन्टोका अध्यक्ष शिन्या कोडेराले पत्रकारहरुलाई बताए।
कम्पनीले आफ्नो किन्टो फ्याक्ट्री सेवा देशबाहिर पनि फैलाउने सोचिरहेको बताएको छ।
फ्ल्याट दरमा कार लिजमा दिने तथा बीमा सेवा प्रदान गर्ने किन्टो सब्स्क्रिप्शन गत नोभेम्बरसम्म २८ हजार पुर्याइसकेको छ। यो आँकडा कोडेराको भाषामा कम्पनीले अपेक्षा गरेभन्दा केही कम हो।
प्रकाशित: ७ पुष २०७८, बुधबार