
काठमाडौं ।
नेपाल पेमेन्ट सोलुसन्स प्रालिले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै लुम्बिनी बिकास बैंक लिमिटेडसँग सहकार्यको लागि सम्झौता गरेको छ।
नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओ र सिमोन श्रेष्ठ, बिजनेश डेभलपमेन्ट मेनेजर तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी, डेपुटी सीईओ र विशल जोशी, आईटी र कार्ड प्रमुखले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे।
सँगै, लुम्बिनी बिकास बैंकले लेनदेन बैंकिङमा कोर क्षमताको लाभ उठाउन सक्छ। यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी बिकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, लुम्बिनी बिकास बैंक लिमिटेडसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।
नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ। साथै, तिनीहरूले डिजिटल प्रविधिहरूको लाभ उठाएर उच्च स्तरीय बैंकिङ सेवाहरू र भूक्तानी समाधानहरू प्राप्त गर्नेछन्।
नेपाल पेमेन्ट सोलुसन प्रा. लि. एक भूक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ। नेपाल पेमेन्ट सोलुसनले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ।
समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ।
प्रकाशित: ६ पुष २०७८, मंगलवार