
काठमाडौं ।
नेपाल बङ्गलादेश (एनबी) बैंकले अनलाइनबाट नै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको छ। बैंकले नेपाली नागरिक तथा आप्रवासी नेपालीहरूका लागि यो सुविधा ल्याएको हो।
यस अन्तर्गत ग्राहकले बैंकको वेबसाइटमा अनलाइन फिक्स्ड डिपोजिटमा क्लिक गरेर आफूले चाहेको रकम तथा समय अनुसार मुद्दती खाता खोल्न सक्नेछन्। यस योजना अन्तर्गत विदेशमा कार्यरत नेपाली नागरिक तथा आप्रवासी नेपालीले मुद्दती खाता खोली लाभान्वित हुने बैंकले जनाएको छ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ।
प्रकाशित: ६ पुष २०७८, मंगलवार