दुबईको वर्ल्ड ट्रेड सेन्टरमा विशिष्टिकृत क्रिप्टो जोन स्थापना गरिने

  • Technology Khabar | ६ पुष २०७८, मंगलवार
दुबईको वर्ल्ड ट्रेड सेन्टरमा विशिष्टिकृत क्रिप्टो जोन स्थापना गरिने

काठमाडौं ।

दुबईको वर्ल्ड ट्रेड सेन्टरमा क्रिप्टो जोन स्थापना गरिने भएको छ। उक्त क्रिप्टो जोनले क्रिप्टोकरेन्सी तथा अन्या भर्चुअल सम्पत्तिहरुको नियामकका रुपमा काम गर्ने दुबई मिडिया अफिसले सोमबार जानकारी दिएको छ।

उक्त निर्णयको पछाडि क्षेत्रीय आर्थिक प्रतिस्पर्धा चुलिँदै गएकाले नयाँ व्यवसायहरुलाई आकर्षण गर्नु रहेको बुझिएको छ।

डिजिटल सम्पत्ति, उत्पादन, सञ्चालक तथा एक्सचेन्ज सहितका भर्चुअल सम्पत्तिका लागि विशिष्टिकृत केन्द्र निर्माण गर्ने डीडब्लूटीसीको उक्त निर्णय संयुक्त अरब इमिरेट्स संघको एउटा इमिरेटका हिसाबले दुबईले नयाँ आर्थिक क्षेत्र विस्तार गर्न खोजेको विज्ञप्तिमा जनाइएको छ।

‘लगानीकर्ताको सुरक्षा, सम्पत्ति शुद्धीकरण रोक्न, आतंकवादमा लगानी रोक्न तथा सीमापार सम्पत्तिको बहावको ट्रेसिङका लागि कडा मापदन्ड बनाइनेछ’, विज्ञप्तिमा उल्लेख छ।

गत सेप्टेम्बरमा यूएई सेक्युरिटिज एन्ड कमोडिटिज अथोरिटी तथा दुबई वर्ल्ड ट्रेड सेन्टर अथोरिटीबीच क्रिप्टो सम्पत्तिसँग सम्बन्धित वित्तीय गतिविधिलाई अनुमोदन तथा इजाजत प्रदान गर्नेबारे सम्झोता भएको थियो।

यस्तै अक्टोबरमा दुबईको अर्को फ्री जोन डीआईएफसी, दुबईको राज्यद्वारा सञ्चालित वित्तीय फ्री जोन तथा मध्यपूर्वको मुख्य वित्तीय केन्द्रले डिजिटल टोकनका लागि नियामक प्रारुप सार्वजनिक गरेका छन्।

प्रकाशित: ६ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...