कार्डमार्फत हुने कारोबार डाटाको लागि राष्ट्र बैंकले तोक्यो मापदण्ड

  • Technology Khabar | ५ पुष २०७८, सोमबार
कार्डमार्फत हुने कारोबार डाटाको लागि राष्ट्र बैंकले तोक्यो मापदण्ड

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले भुक्तानी सेवामा प्रयोग हुने कार्डहरुको लागि नयाँ डाटा सुरक्षा मापदण्ड जारी गरेको छ। केन्द्रिय बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई नयाँ निर्देशन जारी गर्दै कार्ड सेवाको डाटाको लागि मापदण्डहरु तोकेको हो।

नयाँ निर्देशनअनुसार अब सेवा प्रदायकहरुले जारी गरेका विभिन्न कार्डसँग सम्बन्धित संवेदनशिल डाटाहरुको सुरक्षाका लागि विभिन्न मापदण्डहरु पालना गर्नुपर्नेछ।

जसअनुसार कार्ड उद्योगको मापदण्डलाई पालना गर्नुपर्नेछ भने ईएमभीमा आधारित कार्डको लागि सोही अनुसारको ईएमभी मापदण्ड, ईएमभी कन्ट्याक्टलेस मापदण्डलगायत पालना गर्नुपर्नेछ।

“कार्डमार्फत भुक्तानी सञ्चालन गर्न अनुमतिपत्र प्राप्त संस्थाले कारोबार तथा कार्डसँग सम्बन्धित संवेदनशिल सूचनाको सुरक्षाको प्रत्याभूति गर्न कार्डको प्रकृतीअनुसार पेमेन्ट कार्ड इण्डस्ट्री डाटा सेक्यूरिटी स्ट्याण्डर्ड, ईएमभी स्ट्याण्डर्ड, ईएमभी कन्ट्याक्टलेस स्ट्याण्डर्ड जस्ता अन्तराष्ट्रियरुपमा प्रचलित मापदण्डहरु पालना गरेको हुनुपर्नेछ,” निर्देशनमा भनिएको छ।

यसअघिको एकीकृत निर्देशिकाको सो बुँदामा कार्डमार्फत भुक्तानी कारोबार सञ्चालन गर्न अनुमतिपत्रप्राप्त संस्थाले कारोबार तथा कार्डसँग सम्बन्धित संवेदनशील सूचनाको सुरक्षाको प्रत्याभूति गर्न Payment Card Industry – Data Security Standards (PCI-DSS)पालना गरेको हुनुपर्ने प्राबधान राखिएको थियो।

प्रकाशित: ५ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार