काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमी र शाओमीले आफ्ना आउँदै गरेका स्मार्टफोनहरुमा मिडियाटेकको डाइमेन्सिटी ८००० चिपसेट प्रयोग गर्ने बुझिएको छ।
चर्चित लिकस्टर डिजिटल च्याट स्टेशनका अनुसार रियलमीले आफ्नो जीटी निओ३ तथा शाओमीले रेडमी के५० मा उक्त चिपसेट प्रयोग गर्ने भएका हुन्।

अहिले सार्वजनिक हुन पनि बाँकी रहेको यो चिपसेटका बारेमा कम्पनीले केही समयअघि केही झलक प्रस्तुत गरेको थियो। जस अनुसार चिर प्रतिक्षित र आधिकारिक रुपमा आइसकेको महँगो डाइमेन्सिटी ९००० को दाँजोमा सस्तो र हल्का कम गुणस्तरको रहने बुझिएको छ।
उक्त चिपका बारेमा धेरै विवरण बाहिर नआएपनि यसलाई टीएसएमसीको ५ एनएन प्रोसेसमा बनाइने बुझिएको छ।
यसबाहेक यसले १६८ हर्जको फुल एचडी+ तथा १२० हर्जसम्मको क्यूएचडी+ डिस्प्ले सपोर्ट गर्ने बताइएको छ।
साथै यो चिपले एलपीडीडीआर५ र्याम तथा यएफएस ३.१ स्टोरेज पनि सपोर्ट गर्नेछ।
रियलमी जीटी निओ३ तथा रेडमी के५० मा अन्य भेरियन्टका चिप पनि प्रयोग हुन सक्ने कुरालाई भने नकार्न सकिँदैन।
प्रकाशित: ५ पुष २०७८, सोमबार