नागरिक लगानी कोषले आफ्नो डाटा सेन्टर सार्दै, सोमबार र मंगलबार सेवा बन्द

  • Technology Khabar | ५ पुष २०७८, सोमबार

काठमाडौं ।

नागरिक लगानी कोषले आफ्नो डाटा सेन्टर सार्नेक्रम अझै नसकिएको जानकारी दिएको छ । कोषले आफ्नो पुरानो भवनमा रहेको डाटा सेन्टर कोषको नयाँ बानेश्वर स्थित नयाँ भवनमा सार्न लागेको हो।

यसअघि डाटा सेन्टर सार्नेक्रममा ४ र ५ गते दिँदै आएको सबै सेवाहरु बन्द हुने जानकारी दिएकोमा सो समयावधि थप भएको जनाएको हो।

कोषले अब पुस ६ गते मंगलबार पनि डाटा सेन्टर सार्ने काम हुने भन्दै सो दिन पनि आफ्ना सबै सेवाहरु बन्द  हुने उल्लेख गरेको छ। कोषले प्राविधिक कार्य नसकिएको हुँदा सो अवधि थप भएको जनाएको छ।

सो अवधिमा सफ्टवेयरमार्फत गर्नुनपर्ने कार्यहरु भने सुचारु हुने र सो दिनहरुपछि सबै सेवाहरु खुल्ने स्पष्ट पारेको छ।

कोषमा आफ्नो बचत तथा लगानी गर्ने विभिन्न संघ संस्थाहरुका कर्मचारीहरुलाई नागरिक लगानी कोषले सेवा दिँदै आएको छ।

प्रकाशित: ५ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार