टेन्सेन्टले किन्यो ब्याक फोर ब्लड विकासकर्ता टर्टल रक स्टुडियोको मूल कम्पनी

  • Technology Khabar | ५ पुष २०७८, सोमबार
टेन्सेन्टले किन्यो ब्याक फोर ब्लड विकासकर्ता टर्टल रक स्टुडियोको मूल कम्पनी

काठमाडौं ।

टेन्सेन्टले ब्याक ४ ब्लड गेमको डेभलपर टर्टल रक स्टुडियोको मूल कम्पनी स्ल्यामफायरलाई अधिग्रहण गरेर भिडियो गेम स्टुडियोहरूको पहिले नै ठूलो रोस्टरमा नयाँ नाम थपेको छ।

टर्टल रकले क्यालिफोर्नियामा “आफ्नो स्वतन्त्र कार्यहरू कायम राख्नेछ” र हालको नेतृत्व टोलीले अझै पनि स्टुडियो चलाउने एक प्रेस विज्ञप्तीमा कम्पनीले जनाएको छ।

टेन्सेन्टसँग यो प्लानेटका केहि ठूला गेमहरु पनि छन्। योसँग धेरै लोकप्रिय मोबा लीग अफ लेजेन्ड्स पछाडिको स्टुडियोको स्वामित्व छ । त्यस्तै कल अफ ड्युटी: मोबाइल, अनर अफ किंग्स, र पोकेमोन युनाइट जस्ता मोबाइल डेभलपरलाई अधिनमा लिएको छ। त्यस्तै  फोर्टनाइट र अनरियल इन्जिनको विकासकर्ता एपिक गेम्समा ४० प्रतिशत हिस्सेदारी छ।

कम्पनीले यो वर्ष भर्खरै धेरै महत्त्वपूर्ण लगानीहरू गरेको छ, जसमा ब्रिटिश गेम स्टुडियो सुमो प्राप्त गर्ने, डोन्ट स्टार्भ विकासकर्ता कम्पनी क्लेई इन्टरटेनमेन्टको बहुमतको हिस्सा खरिद गरेको छ भने यसबाहेक अन्य कयौं गेम्सका डेभलपर वा कम्पनीहरुमा लगानी वा खरिद गरेको छ।

प्रकाशित: ५ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार