ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का फाइनलिस्टलाई ह्वावे क्लाउड दिई सम्मान

  • Technology Khabar | ४ पुष २०७८, आईतवार
ह्वावे स्टार्टअप आईसीटी अवार्ड २०२१ का फाइनलिस्टलाई ह्वावे क्लाउड दिई सम्मान

काठमाडौं ।

आईसीटी अवार्ड २०२१ को भव्य फाइनलमा ह्वावेले ह्वावे स्टार्टअप आईसीटी अवार्ड विधाका शीर्ष ५ फाइनलिस्टलाई पुरस्कृत गरेको छ।

विधाको विजेता खेती भेन्चर प्रा लि लाई ३,००० डलर बराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ। र सोही बिधाका अन्य फाइनलिस्टहरूलाई प्रत्येकलाई ५०० डलर मूल्य बाराबरको ह्वावे क्लाउड पुरस्कार प्रदान गरिएको थियो।

“आईसीटी क्षेत्रमा योगदान पुर्याएकोमा म सबै विजेता र फाइनलिस्टलाई बधाई दिन चाहन्छु। नेपालमा स्टार्टअपको बृद्धि भएको देख्दा हामी धेरै खुसी छौं। हाम्रो स्थानीय टोलीले पनि नेपाली स्टार्टअपहरूलाई प्रवर्द्धन गर्न मेहनतका साथ काम गरिरहेको छ, र हामी विश्वास गर्छौं कि ह्वावे क्लाउड सेवा अब सबै आकारका नेपाली स्टार्टअपहरूलाई समर्थन गर्न पूर्ण रूपमा सक्षम छ,” ह्वावे क्लाउडका प्रमुख इभान मोले भने।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम झाङलाई आईसीटी अवार्ड र समग्र नेपालको आईसीटी क्षेत्रलाई ह्वावेले निरन्तर सहायता पुर्याइरहेकोमा प्रशंसापत्र हस्तान्तरण गरेका थिए।

नेपालमा आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्ने आफ्नो दृष्टिकोणमा अडिग रहँदै ह्वावेले नेपालमा आईसीटी उद्योगको विकासलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: ४ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...