यस्तो विशेषताहरुका साथ आउनेछ भिभो वाच २ स्मार्टवाच

  • Technology Khabar | ४ पुष २०७८, आईतवार

काठमाडौं ।

भिभो वाच २ चीनमा २२ डिसेम्बरमा लन्च हुँदैछ। लन्च गर्नु अघि, कम्पनीले आफ्नो आगामी घडीलाई ‘टिज’ गरेको छ। यसै कारणले यो घडीको डिजाइन लन्च हुनुअघि नै खुलाएको छ।

भिभो वाच २ मा गोलो आकारको डायल दिइएको छ। यसमा ग्राहकले २ सिलिकन स्ट्र्याप ब्ल्याक एन्ड ह्वाइटको विकल्प पाउनेछन् ।

भिभोले यस स्मार्टवाचका केही विशेष स्पेसिफिकेशनहरू पनि खुलाएको छ। यो एक पटक पूर्ण चार्ज गरेपछि ७ दिनसम्म टिक्न सक्छ।

भिभो वाच २ स्पेसिफिकेशन
लन्च हुनुअघि नै भिभो वाच २ को बारेमा धेरै जानकारीहरु आएका छन्। कम्पनीको टिजिङका कारण यसका केही विशेष स्पेसिफिकेशन पनि सार्वजनिक भएका छन् ।

पहिलो लीकका अनुसार यसमा लेदर स्ट्र्याप दिन सक्नेछ । वेबोमा भिभो वाच २ को आधिकारिक तस्बिर साझा गर्नुका साथै, कम्पनीले यो ७ दिनको ब्याट्री लाइफको साथ अफर गरिने बताएको छ।

साथै, यो स्मार्टवाच ईसिम सपोर्टको साथ आउनेछ। भिभो वाच २ मा ५एटिएम दबाव रेटिङ र पानी प्रतिरोध हुने आशा गरिएको छ भने ५१० एमएएच ब्याट्री पावरका साथ लन्च हुनेछ।

भिभो वाच २ को अपेक्षित मूल्य
भिभो वाच २ स्मार्टवाच भिभो चाइनाको आधिकारिक वेबसाइटमा प्रि-अर्डरको लागि उपलब्ध छ। तर, कम्पनीले यसको मूल्य भने खुलाएको छैन । समाचारहरुका अनुसार यो स्मार्टवाच दुई भेरियन्टमा आउनेछ, जसमा ब्लुटुथ भर्सन र ईसिम (eSIM) भेरियन्ट समावेश छ।

कम्पनीले १,२९९ यूआनमा ब्लुटुथ भेरियन्ट लन्च गर्न सक्ने बताईएकोछ। एकै समयमा, यसको दोस्रो ईसिम भेरियन्ट १,६९९ यूआनमा लन्च गर्न सक्नेछ। भिभोको यो स्मार्टवाच ४६ एमएमको एउटा मात्र केस साइजमा आउने अपेक्षा गरिएको छ।

प्रकाशित: ४ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार