
काठमाडौं ।
ओपोले २०१९ को अन्त्यदेखि अन्डर-डिस्प्ले क्यामेराहरू विकास गर्दै आएको छ। तर सोहि प्रविधिसहितका उपभोक्ताहरूले खरिद गर्नेगरी उपलब्ध वास्तविक स्मार्टफोन जारी गर्न सकेको छैन्।
कम्पनीलाई भर्खरै विपोबाट मुख्य क्यामरा सेटअपको छेउमा यूडी क्यामरा र पछाडि सानो स्क्रिन भएको यन्त्रको लागि पेटेन्ट दिइएको छ। तर त्यो फाइण्ड एक्स४ श्रृंखलाको अंश होस् वा होइन स्पष्ट छैन्।
प्याटेन्टलाई चिनियाँ राष्ट्रिय बौद्धिक सम्पत्ति संघद्वारा अनुमोदन गरिएको छ, तर हाल मात्रै यसलाई विश्वव्यापी प्रयोगको लागि स्वीकृत गरिएको छ। लेट्सगोडिजिटलद्वारा तयार गरिएको तस्बिरअनुसार यसको स्क्रिनको चारैकुना कर्भ्ड अर्थात घुमाइएको छ, र पछाडिको क्यामरा आइल्याण्ड भित्र चार शूटरहरूको साथ चौकुना आकारमा छ। यद्यपि क्यामराहरूको अवस्था पेटेन्टको अंश होइन, यो केवल एक अनुमान मात्र हो।
दोस्रो डिस्प्लेले सेल्फी र डिस्प्ले नोटिफिकेशनमा मद्दत गर्ने सम्भावना छ। फोनमा क्यामराको छेउमा स्क्रिन हुनुले मेजू ७ प्रो (Meizu 7 Pro) शृङ्खलामा फर्किन्छ र हालसालै यसलाई एमआई ११ अल्ट्राद्वारा अपनाएको थियो, जसमा ती क्यामराहरुलाई मुख्य क्यामराको साथ सेल्फीहरू खिच्न अनुमति दिन्छ।
प्रकाशित: ४ पुष २०७८, आईतवार