
काठमाडौं ।
अमेरिकाले चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआई र अन्य सात चिनियाँ कम्पनीमाथि थप कडा प्रतिबन्ध लगाएको छ। बिहीबार, अमेरिकी ट्रेजरी डिपार्टमेन्टले कम्पनीहरूलाई लगानी गर्न नपाईने सूचीमा राख्दै अमेरिकी नागरिकहरूलाई तिनीहरूको शेयर खरीद र बिक्री गर्न प्रतिबन्ध लगाएको छ।
डीजेआईको ड्रोन टेक्नोलोजी चीनमा उइगर मुस्लिमहरूको निगरानीको लागि प्रयोग गरिएको आरोप लगाइएको छ। यद्यपि प्रतिबन्ध ठूलो मात्रामा प्रतीकात्मक मात्र हो किनकि डिजेआई सार्वजनिक रूपमा सूचीकृत भएको र व्यापार गर्ने कम्पनी होइन।
लगानीमा प्रतिबन्ध लागे पनि अमेरिकाका उपभोक्ताहरूले डिजेआईका ड्रोनहरू किन्न र प्रयोग गर्न जारी राख्न सक्छन्।
तर डिजेआईलाई अन्य चिनियाँ टेक्नोलोजी कम्पनीहरु भन्दा रोक्न गर्न गाह्रो हुने रोयटर्सको रिपोर्टमा उल्लेख छ। अमेरिकी सरकारले चिनियाँ ड्रोन निर्माता कम्पनीमा अमेरिकी लगानीलाई प्रतिबन्ध लगाएर चेतावनी दिईरहेको छ, तर अन्य कम्पनीहरुको विपरीत, डिजेआई उत्पादनहरू अमेरिकामा व्यापक रूपमा प्रयोग गरिन्छन्।
सन् २०२० मा, वाणिज्य विभागले अमेरिकी कम्पनीहरूलाई डिजेआईसम्म उत्पादनहरू निर्यात गर्न प्रतिबन्ध लगाएको थियो जसलाई रक्षा विभागले राष्ट्रिय सुरक्षा खतराको रूपमा लिइएको छ।
रोयटर्सकाअनुसार, न्यूयोर्क शहरका प्रहरीसहित ९०० भन्दा बढी अमेरिकी सार्वजनिक सुरक्षा एजेन्सीहरूले डिजेआईका उत्पादनहरू प्रयोग गर्छन्।
राष्ट्रिय निकुञ्ज सेवाले क्यालिफोर्नियामा डढेलो निभाउन मद्दत गर्न डिजेआईका ड्रोन प्रयोग गरिरहेको छ।
ड्रोन इन्डस्ट्री इनसाइट्सका अनुसार अमेरिकामा गत वर्ष उपभोक्ता ड्रोनमा कम्पनीको ८० प्रतिशत बजार हिस्सा थियो।
प्रकाशित: ३ पुष २०७८, शनिबार