सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ: सञ्चारमन्त्री कार्की

  • Technology Khabar | ३ पुष २०७८, शनिबार
सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ: सञ्चारमन्त्री कार्की
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन्।

लिभिङ विथ आइसिटीले शुक्रबार साँझ आयोजना गरेको आइसिटी अवार्ड–२०२१ समारोहलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकास बिना मुलुकको विकास गर्न नसकिने बताए। उनले सरोकारवालासँग सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि छलफल गर्न मन्त्रालय तयार रहेकोसमेत बताए ।

मन्त्री कार्कीले आइसिटी अवार्डले सूचना प्रविधिको क्षेत्रमा काम गर्ने युवालाई प्रोत्साहन र प्रतिभा प्रष्फुटनमा मद्दत पुर्याउने बताए। उनले सूचना प्रविधिको सही प्रयोग गर्नु अहिलेको चुनौती रहेको भन्दै सबैले मिलेर सूचना प्रविधिको क्षेत्रमा काम गर्नुपर्ने धारणा राखे।

समारोहमा सञ्चार मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले सरकारले सूचना प्रविधिबाट सेवा दिएपनि सेवाग्राही सूचना प्रविधिप्रति अभ्यस्त नभएकोले सिकाउनुपर्ने बताए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले जनतालाई छिटो र छरितो सेवा दिन सूचना प्रविधिको प्रयोगलाई व्यापक गर्नुपर्ने बताए।

समारोहमा मन्त्री कार्की, सञ्चार सचिव डा अर्याल र सचिव आचार्यले विभिन्न व्यक्तिलाई अवार्ड प्रदान गरेका थिए।

प्रकाशित: ३ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार