
काठमाडौं ।
१२ विधामा अवार्ड प्रदान गर्दै लिभिङ विथ आइसिटीले आयोजना गरेको छैठौं संस्करणको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ सम्पन्न भएको हो।
१२ विधा अन्तर्गत यस वर्षको ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेञ्चरलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड मिखालाई प्रदान गरिएको छ । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड मशुरलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ गरिएको थियो।
त्यस्तै व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड दिपेश प्रधानलाई, नेपाली डायस्पोरा आइसिटी अवार्ड लाई, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड मनोहर कुमार भट्टराई र एनसेल वुमन आइकन आइसिटी अवार्ड गुण केशरी प्रधानलाई प्रदान गरिएको छ ।
संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) कालिका मावि बुटवललाई, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) ललितपुरको रातो बंगला स्कुललाई, डिजिटल सर्भिसेस (प्राइभेट सेक्टर) आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस लिमिटेडलाई र डिजिटल सर्भिसेस (पब्लिक सेक्टर) आइसिटी अवार्ड भूमि व्यवस्था तथा अभिलेख विभागलाई वितरण गरिएको छ। त्यस्तै पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीलाई प्रदान गरिएको छ।
आइसिटी अवार्डका जुरी कोअर्डिनेटर हेमापाल श्रेष्ठले ४ महिनाको गहन अध्ययन र विभिन्न ७ चरणको छनोट पश्चात विजेता छनोट गरिएको जानकारी दिए।
यस वर्ष अवार्डको लागि ४०० बढीको अनलाइन आवेदन प्राप्त भएको थियो भने ४ महिनासम्म छनौट प्रक्रिया सञ्चालन भएको थियो । यस वर्ष १२ विधामा आइसिटी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
अवार्डको नाम र अवार्ड बिजेता
प्रकाशित: ३ पुष २०७८, शनिबार