दक्षिण क्यालिफोर्नियामा नयाँ चिप डिजाइन टोली गठन गर्दै एप्पल

  • Technology Khabar | ३ पुष २०७८, शनिबार

काठमाडौं ।

एप्पलले जर्मनीको म्युनिखमा नयाँ चिप डिजाइन प्लान्टको घोषणा गरेको ९ महिनापछि क्यालिफोर्नियाको इर्भिनमा आधुनिक चिप र वायरलेस सेमिकन्डक्टर व्यवसायका लागि इन्जिनीयरहरु नियुक्त गर्न शुरु गरेको छ।

हालै ब्लूमबर्गमा आएको एक रिपोर्ट अनुसार एप्पलले ब्लूटूथ तथा वाई फाई सेमिकन्डक्टर, वायरलेस रेडियो, रेडियो-फ्रिक्वेन्सी आईसी तथा वायरलेस सिस्टम अन अ चिप डिजाइन सम्बन्धी विद्वता भएका कर्मचारीहरुको टोली बनाउन तयार गरेको निश्चित भएको छ।

यो कदमले एप्ललल क्वालकमका मोडमहरुबाट टाढा गएर भविष्यका उत्पादनहरुका लागि आफ्नै इन हाउस वायरलेस चिप निर्माणमा जुटिरहेको प्रष्ट्याउँछ।

उक्त रिपोर्ट अनुसार एप्पलको इर्भिन विस्तारको काम भर्खरै शुरुवाती चरणमा रहेको र कम्पनीले आफ्नो उपस्थिति बिस्तारै बढाउँदै लैजाने बुझिएको छ।

इर्भिन र म्युनिख शाखा बिस्तार बाहेक कम्पनीले आफ्नो चिपसम्बन्धी कार्यालयहरु अमेरिकाको पोर्टल्यान्ड, अस्टिन, ओर्ल्यान्डो, टेक्सस तथा फ्लोरिडासम्म साथै इजरायलको हाइफा र हर्जलियासम्म फैलाउन खोजिरहेको बुझिएको छ।

प्रकाशित: ३ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार