भारतमा सोसल नेटवर्कका यूजरको डाटा लीक भएमा १५ करोडसम्म जरिबाना हुने

  • Technology Khabar | ३ पुष २०७८, शनिबार
भारतमा सोसल नेटवर्कका यूजरको डाटा लीक भएमा १५ करोडसम्म जरिबाना हुने

काठमाडौं ।

भात सरकारले ह्वाट्सएप, फेसबुक, इन्स्टाग्रामगायतका सोसल मिडियाका यूजरको डाटा लीक भएमा १५ करोड रुपैयाँसम्म जरिबाना गर्न सकिने नियम ल्याएको छ।

सोशल मिडियाका यूजरको डाटा चोरी वा लीक हुनु सामान्य जस्तै भएको छ। ह्वाट्सएप, फेसबुक लगायतका सोशल एकाउन्ट डाटा लीक हुने खबरहरु आइरहेका हुन्छन्।

तर अब भने भारतमा सोशल मिडियाका प्रयोगकर्ताको डाटा लीक वा चोरी भएको खन्डमा मिडिया कम्पनीहरुले निकै ठूलो रकम जरिबाना तिर्नुपर्ने नियम आएको छ।

पर्सनल डाटा प्रोटेक्शन बिल नामक डाटा लीकसम्बन्धी यो नियमबारे संयुक्त संसदीय समितिको रिपोर्ट गत बिहीबार राज्यसभा तथा लोकसभामा पेश गरिएको छ।

संसदीय समितिले डाटा लीक रोक्नका लागि कानूनमा थुप्रै किसिमका प्रावधानहरु सिफारिस गरेको छ। यस अन्तर्गत डाटा उल्लङ्घन भएको खन्डमा सम्बन्धित सोसल मिडिया कम्पनीमाथि १५ करोड रुपैयासम्मको जरिबाना गर्न प्रस्ताव गरिएको छ।

यस बाहेका कम्पनीहरुले आफ्नो वार्षिक कारोबारको ४ प्रतिशत रकम पनि तिर्न सक्छन्। कम्पनिहरुमा साना साना उल्लङ्घनका लागि ५ करोड रुपैयाँ वा वैश्विक कारोबार रकमको २ प्रतिशत रकमसम्म जरिबाना गर्न सकिने बताइएको छ।

यदि यी प्रस्तावित प्रावधानहरुलाई सरकारले आफ्ना नीति तथा कानूनमा समावेश गरेमा फेसबुक, इन्स्टाग्राम, गुगल, अमेजनलगायत थुप्रै कम्पनीहरुले भारतमा डाटालाई लिएर निकै सतर्क हुनुपर्ने भएको छ।

पर्सनल डाटा प्रोटेक्शन बिलमा २०१९ का सबै प्रावधान समावेश छ। यसलाई यूरोपियन यूनियन जनरल डाटा प्रोटेक्शन रेगुलेशन अन्तर्गत रहेर तयार पारिएको छ।

यो बिधेयक २ वर्षअघि भारतका पूर्व केन्द्रिय मन्त्री रविशंकर प्रसादले गत २०१९ डिसेम्बर ११ का दिन लोकसभामा पेश गरेका थिए।

प्रकाशित: ३ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार