दुई दिने आइटी शैक्षिक मेलामा तीन हजार विद्यार्थी सहभागी

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
दुई दिने आइटी शैक्षिक मेलामा तीन हजार विद्यार्थी सहभागी

काठमाडौं ।

‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ बिहीबारदेखि सञ्चालन भएको व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेलामा तीन हजार विद्यार्थीको सहभागिता रहेको छ।

मेलाको मुख्य आकर्षणको रुपमा विद्यार्थीले विषयगत जानकारी लिएका थिए । युनिभर्सल थट कन्सल्टको आयोजनामा बिहीबार र शुक्रबार सञ्चालन भएको मेलामा १५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने यस मेलामा जम्मा ५१ वटा स्टलहरु राखेका थिए।

उक्त मेला प्लस टू सकेर बसेका विद्यार्थीका लागि लक्षित गरेर आयोजना गरिएको आयोजक संस्थाका निर्देशक प्रकाश ढकालले जानकारी दिए।

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको उक्त मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिईलगायत शैक्षिक विषयमा विषयगत मनोविमर्शसमेत दिइएको थियो।

यस वर्षको शैक्षिक मेलामा पोखरा विश्वविद्यालयको नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पाँचसहित अन्य केही सहभागी रहेका रहेको जनाएको छ।

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार