
काठमाडौं ।
टिकटक तथा अन्य सोसल मिडियामार्फत् गोलीकान्ड तथा बम विस्फोट गराउने धम्की आएपछि बिहीबार अमेरिकाका अधिकांश विद्यालयहरुले कक्षा रद्द गरेका छन्।
ब्लूमबर्ग तथा द भर्जका अनुसार मिचिगन, वाशिङ्टन, क्यालिफोर्निया, टेक्सस, मिनेसोटा तथा मिजोरी लगायतका क्षेत्रका विद्यालयले कक्षा रद्द गरेका हुन्।
उक्त धम्कीमा कुनै पनि विशेष विद्यालय तोकिएको भए पनि देशभरकै विद्यालय अधिकारीहरु सतर्क रहेको र विद्यार्थीहरुको सुरक्षाका लागि कानून पालना गराउने संस्थाको सहयोग लिएका थिए।
न्यूजर्सीका गभर्नर फिल मर्फीले ट्विटरमा उक्त क्षेत्रका कुनै विद्यालयको नाम नतोकिएको भए पनि अधिकारीहरुले स्थितिको अनुगमन गरेर तयार रहनका लागि कानून पालना गराउने अधिकारीहरुसँग मिलेर काम गर्ने जानकारी दिएका थिए।
अधिकांश घटनामा सुरक्षा निकायले उक्त धम्कीको कुनै प्रमाण फेला नपरेको जानकारी गराएका थिए।
मिजोरीका एक काउन्टी शेरिफले आफ्ना क्षेत्रका विद्यालयमा हमला हुने नसोचेको र भइहालेमा त्यसका लागि तयार रहेको बताएका छन्।
उक्त धम्की दिने स्रोतको पहिचान स्पस्ट नभएको र क्यालिफोर्नियाको गिलरोय पुलिस डिपार्टमेन्टले लस एन्जल्सबाहिर रहेको गिलरोय हाइस्कुलबाट उक्त पोस्ट गरिएको हुनसक्ने निर्क्योल गरेको छ।
(1/3) ALERT: BCPS has been made aware of an anonymous threat posted on TikTok targeting all schools in the United States. The post alleges that there are planned school shootings that will take place on Friday, December 17.
— Baltimore County Public Schools (@BaltCoPS) December 16, 2021
यस्तो स्थितिको जवाफमा टिकटकले एउटा विज्ञप्ति जारी गरेर आफूहरु कानून कार्यान्वयन गर्ने निकायहरुसँग मिलेर काम गरिरहेको र उक्त धम्कीका बारेमा अनुसन्धान पनि गरिरहेको उल्लेख गरेको छ।
कम्पनीले उक्त धम्कीका बारेमा कुनै जानकारी नभएको र उक्त धम्की आफ्ना प्लेटफर्ममा प्रवाहित भएको भन्ने तथ्यलाई भने नकारेको छ।
(1/3) ALERT: BCPS has been made aware of an anonymous threat posted on TikTok targeting all schools in the United States. The post alleges that there are planned school shootings that will take place on Friday, December 17.
— Baltimore County Public Schools (@BaltCoPS) December 16, 2021
प्रकाशित: २ पुष २०७८, शुक्रबार