
काठमाडौं ।
चिनियाँ चिप निर्माता कम्पनी मिडियाटेकले आफ्नो आउँदै गरेको डाइमेन्सिटी ८००० चिपको झलक प्रस्तुत गरेको छ।
कम्पनीले आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो चिर प्रतिक्षित डाइमेन्सिटी ९००० चिपसेट ओपो फाइन्ड एक्स४ तथा रेडमी के५० फोनमा प्रयोग हुने पनि घोषणा गरेको छ।
कम्पनीले त्यसै पत्रकार सम्मेलनका बीच डाइमेन्सिटी ८००० का बारेमा झलक प्रदर्शन गरेको हो जुन डाइमेन्सिटी ९००० को सस्तो भर्सन रहेको बुझिएको छ।
कम्पनीले चिपका बारेमा हल्का जानकारी मात्र दिएको तर विस्तृत विवरण भने सार्वजनिक नगरेको बुझिएको छ। डिजिटल च्याट स्टेशनका अनुसार उक्त चिप टीएसएमसीको ५ एनएम नोडमा बन्नेछ।
अत्याधुनिक ४ एनएममा नबने पनि यसको प्रविधि डाइमेन्सिटी १००० सिरिजको ६ एनएम प्रोसेसभन्दा उत्कृष्ट रहनेछ।
यो चिपमा नयाँ ए७१०/ए५१० को सट्टा चार ओटा कर्टेक्स-ए७८ तथा चार ओटा ए५५ सीपीयू कोर युक्त पुरानै एआरएमभी८ डिजाइन प्रयोग गरिएको छ।
यो चिपसेटले १६८ हर्ज रिफ्रेश रेट सहितको फुल एचडी+ रेजोल्युशन तथा १२० हर्ज र रिफ्रेश रेट सहितको १४४० पिक्सेल रेजोल्युशन भएको डिस्प्ले सपोर्ट गर्ने बुझिएको छ।
प्रकाशित: २ पुष २०७८, शुक्रबार