नेपालमा ल्यापटप र नोटबुकको प्रयोग बढ्दो, चार महिनामै भित्रिए ५ अर्बमाथिका डिभाइस

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
नेपालमा ल्यापटप र नोटबुकको प्रयोग बढ्दो, चार महिनामै भित्रिए ५ अर्बमाथिका डिभाइस

काठमाडौं ।

आर्थिक वर्ष २०७८/७९ को शुरुवाती चार महिनामा नेपालमा ५ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीका ल्यापटप तथा नोटबुक आयात भएका छन्।

हालै भन्सार विभागले अद्यावधिक गरेको वैदेशिक व्यापारको कार्तिक मसान्तसम्मको तथ्याङ्क हेर्दा नेपालमा विभिन्न देशबाट  उक्त मूल्य बराबरको जम्मा ९५ हजार ७५९ ओटा ल्यापटप तथा नोटबुकहरु आयात भएको देखिन्छ।

उक्त परिमाणका ल्यापटप तथा नोटबुकहरु विश्वका विभिन्न ३० देशबाट आयात भएका तथ्याङ्कमा उल्लेख छ।

भन्सार विभागको तथ्याङ्कअनुसार २०७८ श्रावण मसान्तसम्ममा कुल २८,३०१, भाद्र मसान्तसम्ममा ५८, ७३८, आश्विन मसान्तसम्ममा ७४, ५१० हुँदै चाैथो महिना अर्थात् कार्तिक मसान्तसम्म आइपुग्दा ९५ हजार ७५९ थान आयात भएको देखिन्छ।

सबैभन्दा धेरै ९१ हजार २७३ थान चीनबाट आयात

यो आर्थिक वर्षको शुरुवाती ४ महिनामा अघिल्ला वर्षमा झैं चीनबाट सबैभन्दा धेरै अर्थात् ९१ हजार २७३ थान ल्यापटप डिभाइसहरु आयात भएका छन्।

उक्त परिमाणको ल्यापटप तथा नोटबुक आयातका लागि देशबाट ५ अर्ब ९ लाख ४१ हजार रुपैयाँ बाहिरिएको तथ्याङ्क छ।

यसपछिको सूचीमा सबैभन्दा धेरै १५ करोड ७३ लाख ४६ हजार रुपैयाँ बराबरको २, ५२६ थान ल्यापटप मलेसियाबाट भित्रिएको देखिन्छ।

यी दुई देशबाहेक अन्य देशहरुबाट फुटकर रुपमा ल्यापटप तथा नोटबुक डिभाइस आयात भएका छन्। यस्तो छ आर्थिक वर्ष २०७८/७९ को शुरुवाती ४ महिनामा आयात भएका ल्यापटप तथा नोटबुकहरुका आँकडा:

देशआयात सङ्ख्यारकम रुपैयाँमा
अस्ट्रेलिया२८१६२७
बहराइन२,०००
क्यानडा१०३६७,२१,०००
चीन९१, २७३५,०९,००,४१०००
डेनमार्क२,७४, ०००
फिनल्यान्ड८४, ०००
फ्रान्स३९, ०००
जर्मनी२८, ०००
हङकङ२,०८,०००
भारत४६३५,७४०००
इजरायल७२,०००
जापान१०४९,४४,६०००
कोरिया८६४१,८२०००
कुवेत९९,०००
मलेसिया२५२६१५,७३,४६,०००
मेक्सिको१५५,५५,०००
म्यानमार५८,०००
नेदरल्यान्ड्स१,३२,०००
फिलिपिन्स३०१,६३,२०००
कतार४,०७०००
सिंगापुर७४७४,९५,५६०००
स्पेन१९,०००
स्वाजिल्यान्ड१३,७०००
स्विजरल्यान्ड१४,०००
ताइवान९२४८,४१०००
थाइल्यान्ड८०३७,३००००
यूएई११७९०,१४०००
बेलायत१२७,१००००
अमेरिका४५२ २,८९,७९०००
भियतनाम३,३४०००

 

मुख्य कारणमा कोरोना महामारी र लकडाउन 

गत वर्षदेखि विश्वभर फैलिएको कोरोना महामारीका कारण काम तथा पढाइ बिस्तारै अनलाइनबाटै हुन थाल्यो। नेपालमा पनि बिस्तारै उक्त प्रवृत्ति अनुसरण गर्न थालियो। यसका लागि इन्टरनेट लयायत कम्प्युटर, ल्यापटप तथा मोबाइल डिभाइसहरुको माग निकै बढ्न गयो।

यो प्रवृत्ति कोरोनाको समस्या घट्दा पनि उस्तै रह्यो र यस्ता डिभाइसका मागमा अझै उकालो लाग्न थाल्यो।

यसबाहेक डिजिटल नेपालको नारालाई साकार पार्न विभिन्न सरकारी कार्यालयहरुले पनि कागजको प्रयोग घटाउन थाले जसका लागि यिनै डिभाइसहरु आवश्यक हुन पुगे।

विद्यालय तथा कलेजमा पनि कम्प्युटर डिभाइसहरु अपरिहार्य हुँदै गएका छन्।

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार