भिभो एस१२ प्रो स्मार्टफोनको स्पेसिफिकेशन लीक, यस्ता छन् विशेषता

  • Technology Khabar | २ पुष २०७८, शुक्रबार
भिभो एस१२ प्रो स्मार्टफोनको स्पेसिफिकेशन लीक, यस्ता छन् विशेषता

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो एस१२ सिरिजको स्मार्टफोन आगामी डिसेम्बर २२ मा चीनमा सार्वजनिक गर्ने भएको छ।

भिभोको आउँदै गरेको एस१२ सिरिजमध्येको एस१२ तथा एस१२ प्रो उक्त दिन सार्वजनिक हुनेछन्। सार्वजनिक हुनु ठिक अघि कम्पनीले भिभो एस१२ सिरिजको एउटा टिजर भिडियो बाहिर ल्याएको छ।

उक्त भिडियोमा आउँदै गरेको स्मार्टफोनको रंगका बारेमा जानकारी समेटिएको छ। यसका साथै भिभो एस१२ प्रो स्मार्टफोनका केही विवरण पनि बाहिर आएका छन्।

बाहिर आएका जानकारी अनुसार भिभो एस१२ प्रो स्मार्टफोनमा ६.५ इन्चको ओएलईडी डिस्प्ले रहनेछ। ९० हर्ज रिफ्रेश रेटसहितको उक्त डिस्प्लेको रेजोल्युशन फुल एचडी+ रहनेछ।

यसका साथै भिभोले यो स्मार्टफोनमा एन्ड्रोइड १२ मा आधारित ओरिजिनओएस ओसियन यूआई प्रयोग गर्नेछ।

प्रोसेसरका हिसाबले यसमा मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट उपलब्ध हुनेछ भने १२ जीबीसम्मको एलपीडीडीआर४एक्स र्याम र २५६ जीबीको आन्तरिक स्टोरेज प्रयोग भएको हुनेछ।

फोटोका लागि यो डिभाइसमा १०८ मेगापिक्सेलको मुख्यसहित पछाडिपट्टि ट्रिपल क्यामरा सेटअप रहनेछ। यसका साथै सेल्फीका लागि ५० मेगापिक्सेलको मुख्यसहित डुअल क्यामरा सेटअप दिइनेछ।

डिभाइसलाई पावर दिनका लागि ४४ वाट फास्ट चार्जिंङ सपोर्टसहितको ४३०० एमएएच ब्याट्री रहनेछ।

मूल्यका हिसाबले १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको ३,४९९ युआन तोकिएको छ। यो डिभाइस सुनाैलो, नीलो तथा कालो रंगमा उपलब्ध हुने बताइएको छ।

प्रकाशित: २ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार