
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणले नयाँ महसुल दर कार्यान्वयन हुन लागेकाले आन्तरिक प्रणालीमा सुधार गर्नुपर्ने जनाउँदै यही पुस ५ गतेसम्म बिलिङ प्रणाली बन्द गरेको छ।
विद्युत नियमन आयोगको निर्णय अनुसार गत मङ्सिर महिनाको महसुल परिवर्तित महसुल अनुसार हुने भएकाले बिलिङ प्रणालीमा सुधार गर्नुपर्ने प्राधिकरणले जनाएको छ। आयोगले २० युनिटसम्म बिजुली खपत गर्ने ग्राहकले मासिक रु. ३० रुपैयाँ महसुल तिर्ने गरी व्यवस्था गरेको छ।
सोही व्यवस्थालगायत महसुलका अन्य व्यवस्था कार्यान्वयन गर्नका लागि महसुल काउन्टर पुस ५ गतेसम्मका लागि बन्द गरिएको प्राधिकरणले जनाएको छ।
नयाँ महसुल दर अनुसार बिलिङ प्रणालीलाई अगाडि बढाउन काउण्टर बन्द गरेर आवश्यक व्यवस्था गर्न लागिएको प्राधिकरणले बिहिबार प्रकाशित गरेको सूचनामा उल्लेख छ।
प्रकाशित: १ पुष २०७८, बिहीबार