
काठमाडौं ।
नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को संचालक समितिको अध्यक्षमा रविन कुमार नेपाल सर्वसम्मत चयन भएका छन्।
कम्पनीको सोमबार सम्पन्न आठौं वार्षिक साधारण सभाबाट नेपाल अध्यक्षमा चयन भएका हुन्।
नवनियुक्त अध्यक्ष नेपालले बुधबार नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
कम्पनीले १५ वटा बैंक तथा वित्तिय संस्थाहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएकोछ।
प्रकाशित: १ पुष २०७८, बिहीबार