क्लासिक टेकका ग्राहकहरूलाई ६५० प्रतिशतसम्म निशुल्क ब्यान्डविथ अपग्रेड

  • Technology Khabar | १ पुष २०७८, बिहीबार
क्लासिक टेकका ग्राहकहरूलाई ६५० प्रतिशतसम्म निशुल्क ब्यान्डविथ अपग्रेड

काठमाडौं ।

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले निशुल्क रूपमा आफ्नो  ग्राहकहरूलाइ ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरिएको जानकारी दिएको छ।

क्लासिक टेकले आफ्नो ग्राहकहरूलाइ निशुल्क १५० एमबीपीएसदेखी ३०० एमबीपीएससम्म अपग्रेड गरिएको बताएको हो।

प्याकेज अपग्रेड पशचात पुरानै शुल्कमा आम प्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिनुहुनेछ। हाई  स्पिड इन्टटरनेट प्रयोग गर्न आम ग्रहकबर्गहरूलाइ ५गीगाहर्ज ड्यूल ब्याण्ड राउटर आवश्यक पर्ने हुनाले उक्त डिभाइस क्लासिक टेकबाट प्राप्त गर्न सक्ने जनाएको छ।

नविनतम प्रविधिका साथ ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न क्लासिक टेक सदैव तत्पर रहेको छ। क्लासिक टेकले नेपालमै पहिलो पल्ट नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ र ट्राइब्याण्ड राउटरको साथमा टाकियन १ जीबीपीएस इन्टरनेट सेवा भित्राउने घोषणा समेत गरेको छ ।

वाईफाई ६ का साथमा टाकियन १ जीबीपीएस इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको बताएको छ। वाईफाई ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफर्मिङ, एमयू मिमो लगायतका सुविधाहरू रहने उल्लेख गरेको छ

दुर्गमदेखि सुगमसम्म ७४ जिल्लाका १०३ स्थानमा क्लासकिटेकले आफ्नो सेवा संचालन गरिरहेको जनाएको छ।

प्रकाशित: १ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार