इन्टेलले सेमिकण्डक्टर चिप प्लान्टका लागि मलेसियामा ३० अर्ब रिङ्गिट लगानी गर्ने

  • Technology Khabar | १ पुष २०७८, बिहीबार
इन्टेलले सेमिकण्डक्टर चिप प्लान्टका लागि मलेसियामा ३० अर्ब रिङ्गिट लगानी गर्ने

काठमाडौं ।

इन्टेल कर्पले एक दशकमा मलेसियामा नयाँ एसेम्बली र परीक्षण सुविधाहरू निर्माण गर्न ३० अर्ब रिङ्गिट (७.१० अर्ब डलर) लगानी गर्ने प्रमुख कार्यकारी प्याट गेल्सिन्जरले बिहीबार बताएका छन्।

मलेसियामा नयाँ एडभान्स प्याकेजिङ्ग सुविधाले २०२४ मा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको उनले जानकारी दिए।

३० अर्ब रिङ्गिट (७.१० अर्ब डलर) लगानीले देशमा ४,००० भन्दा बढी इन्टेल रोजगारी र ५,००० भन्दा बढी निर्माण कार्यहरूको जागिर सिर्जना गर्ने अपेक्षा गरिएको मलेसियाली सरकारले बताएकोछ।

मलेसियाका अन्तर्राष्ट्रिय व्यापार र उद्योग मन्त्री मोहम्मद अजमिन अलीले एक विज्ञप्तिमा भने, “चिपको अभाव र विश्वव्यापी रूपमा महामारीको रिकभरीबाट उत्पन्न हुने सम्भावित चुनौतिहरूद्वारा संचालित तिब्र गतिको विश्वव्यापी मागलाई ध्यानमा राख्दै यो लगानी समयसापेक्ष हो।”

सेमिकण्डक्टर चिप्सको विश्वव्यापी अभाव, आंशिक रूपमा इलेक्ट्रोनिक्सको लागि महामारी-इन्धनको माग र आपूर्ति श्रृंखलामा अवरोधहरूको कारणले गर्दा कार निर्माताहरूले उत्पादनमा कटौती गरिरहेका छन्। यसका साथै एप्पल इंक लगायतका कम्पनीहरूको स्मार्टफोन डेलिभरीमा ढिलाइ भईहरेको छ।

२० अर्ब डलर भन्दा बढीको विश्वव्यापी व्यापारको दशौं भन्दा बढी हिस्सा ओगटेको मलेसियाको चिप एसेम्ब्ली उद्योगले कम्तिमा दुई वर्षसम्म अभाव रहने चेतावनी दिएको छ।

तर इन्टेलका गेल्सिन्जरले चिपको अभाव २०२३ सम्म रहने अपेक्षा गरेका छन्।

“समग्रमा सेमिकन्डक्टर उद्योग यो वर्ष विगत दुई-तीन दशकको तुलनामा धेरै बढ्नेछ। तर अझै पनि खाडलहरू ठूला छन् … र म सन् २०२३ सम्म पनि अभावको सीमा कायम रहने अनुमान गर्छु,” उनले भने।

इन्टेलले अर्को वर्षको सुरुमा संयुक्त राज्य अमेरिका र युरोपमा अर्को स्थानहरू घोषणा गर्ने आशा गरेको उनले बताए।

प्रकाशित: १ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...