
काठमाडौं ।
प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य कमाण्डरहरूले सैन्य बिक्री, अमेरिकी समर्थित सैन्य गतिविधि र ताइवान जस्ता हटस्पटहरूमा कङ्ग्रेसको भ्रमणहरू लगायतका अमेरिकी कारबाहीहरूमा चिनियाँ सरकारले कस्तो प्रतिक्रिया देखाउनेछ भनेर भविष्यवाणी गर्नसक्ने सफ्टवेयर टूल बनाएका छन्।
अमेरिकी रक्षा डेपुटी सेक्रेटरी क्याथलिन हिक्सलाई मंगलबार हवाईमा संयुक्त राज्य इन्डो-प्यासिफिक कमाण्डको भ्रमणको क्रममा नयाँ उपकरणको बारेमा जानकारी गराइएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।
सो सफ्टवेयरले अमेरिकाले प्रशान्त महासागरमा चीनका गतिविधिहरु समेत समेत निगरानी गर्न सक्ने दाबी गरिएको छ।
सो सफ्टवेयर टूलले “रणनीतिक टकराव” गणना गर्ने एक रक्षा अधिकारीले भनेका छन्। यसले २०२० को प्रारम्भदेखिको डाटालाई हेर्छ र अमेरिका-चीन सम्बन्धलाई असर गरेको महत्त्वपूर्ण गतिविधिहरूको मूल्याङ्कन गर्दछ।
कम्प्यूटर-आधारित प्रणालीले केही कार्यहरूले चिनियाँ उत्तेजक प्रतिक्रिया उत्प्रेरित गर्नसक्नेछ भनेर पेन्टागनलाई भविष्यवाणी गर्न मद्दत गर्नेछ।
नयाँ सफ्टवेयरले अमेरिकी अधिकारीहरूलाई चार महिना अघिसम्म योजनाबद्ध कार्यहरू हेर्नको लागि अनुमति दिने अधिकारीले बताएका छन्।त्यस्तै, प्रशान्त क्षेत्रमा चीनको सम्भावित हमलाबारे पनि सफ्टवेयरले पूर्व जानकारी दिने बताईएकोछ।
केही दिनअघिमात्र अमेरिका र क्यानडाले प्रशान्त क्षेत्र र ताइवान टापुको शान्ति र स्थिरतामा अमेरिकाले धावा बोलेको चीनको सेनाले आरोप लगाएको थियो ।
प्रशान्त क्षेत्रमा चीनका अस्वभाविक गतिविधिका कारण नयाँ प्रविधिको विकास गर्न बाध्य भएको अमेरिकाले जनाएको छ।
प्रकाशित: १ पुष २०७८, बिहीबार