नागरिक लगानी कोषले आफ्नो डाटा सेन्टर सार्दै, दुई दिन सेवा बन्द

  • Technology Khabar | १ पुष २०७८, बिहीबार
नागरिक लगानी कोषले आफ्नो डाटा सेन्टर सार्दै, दुई दिन सेवा बन्द

काठमाडौं ।

नागरिक लगानी कोषले आफ्नो डाटा सेन्टर सार्ने भएको छ। कोषले आफ्नो पुरानो भवनमा रहेको डाटा सेन्टर कोषको नयाँ बानेश्वर स्थित नयाँ भवनमा सार्न लागेको हो।

यसै प्रायोजनका कारण नागरिक लगानी कोषले यहि ४ र ५ गते दिँदै आएको सबै सेवाहरु बन्द हुने जानकारी दिएको छ।

सो अवधिमा सफ्टवेयरमार्फत गर्नुनपर्ने कार्यहरु भने सुचारु हुने र सो दिनहरुपछि सबै सेवाहरु खुल्ने स्पष्ट पारेको छ ।

कोषमा आफ्नो बचत तथा लगानी गर्ने विभिन्न संघ संस्थाहरुका कर्मचारीहरुलाई नागरिक लगानी कोषले सेवा दिँदै आएको छ ।

प्रकाशित: १ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...