माइक्रोसफ्टले टिम्सको समस्या समाधान गर्न अपडेट जारी, ईण्ड टू ईण्ड इन्क्रिप्सन पनि उपलब्ध

  • Technology Khabar | १ पुष २०७८, बिहीबार
माइक्रोसफ्टले टिम्सको समस्या समाधान गर्न अपडेट जारी, ईण्ड टू ईण्ड इन्क्रिप्सन पनि उपलब्ध

काठमाडौं ।

माइक्रोसफ्टले टिम्समा खतरनाक बग हटाउन नयाँ अपडेट जारी गरेको छ। यो बगले विशेषगरी अमेरिकामा आपतकालीन कलहरू रोकिरहेको थियो।

अब यो नयाँ अपडेट यो समस्या हटाउन मात्र जारी गरिएको छ। यदि तपाईको फोनमा पनि टिम्स एप छ भने तुरुन्तै अपडेट गर्नुहोस्।

रिपोर्टका अनुसार विगत केही दिनदेखि यो एपले मानिसहरूलाई अमेरिकामा आपतकालीन नम्बर ९११ मा कल गर्नबाट रोकेको लगातार गुनासो आएको थियो। यो एप भएको प्रयोगकर्ताले सो नम्बरमा कल गर्दा कल कनेक्सन हुँदैन।

यस सम्बन्धमा, एक प्रयोगकर्ताले पहिले रेडिट एपमा यस बगसँग सम्बन्धित जानकारी साझा गरेका थिए। उनले कसरी टिम्स एपले आपतकालीन नम्बर ९११ लाई गुगल पिक्सेल ३ फोनमा कल गर्नबाट रोकिरहेको भनेर बताएका थिए।

माइक्रोसफ्टले यससँग सम्बन्धित हरेक गुनासोलाई गम्भीरताका साथ लिएको छ र यो बग हटाउने काम सुरु गरेको छ। कम्पनीले यो समस्याको समाधान खोजेको बताएको छ । यो समस्या एन्ड्रोइड १० वा पछिको संस्करण भएका फोनमा मात्रै आएको माइक्रोसफ्टले बताएको छ।

यसैबिच माइक्रोसफ्ट टिम्सले वान अन वान कलहरुको निम्ति ईण्ड टू ईण्ड इन्क्रिप्सनको फिचर ल्याएको छ। यो फिचरलाई कम्पनीले गत अक्टोबर देखि परीक्षण गर्दै आएको थियो।

ईण्ड टू ईण्ड सुचारु गरेपछि दुवै तर्फका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न सक्नेछन् । इण्ड टू इण्ड इन्क्रिप्सनले कल गरेको बाहेक अन्य कोही पनि तेस्रो पक्षीय प्रयोगकर्तालाई कल डिक्रिप्ट गर्न दिदैन् । यसले गर्दा प्रयोगकर्ताको गोपनियतामा एकदमै सुरक्षा हुनेछ।

तर ईन्ड टू ईन्ड सुचारु गरेपछि कल रेकर्ड गर्ने, कल ट्रान्सफर गर्ने, ग्रुप कललाई एक्सपान्ड गर्ने र लाइभ क्याप्सनको फिचर प्रयोग गर्न पाइदैन् । एजेन्सीका साथ

प्रकाशित: १ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...