कर्णाली प्रदेशमा एनसेलका प्रयोगकर्ता घटे, टेलिकमका बढे

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
कर्णाली प्रदेशमा एनसेलका प्रयोगकर्ता घटे,  टेलिकमका बढे

काठमाडौं ।

आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेशमा कुल वितरित टेलिफोन (मोबाइल)को संख्यामा ०.७७ प्रतिशतले वृद्धि भएको छ।

हालै नेपाल राष्ट्रबैंकले निकालेको कर्णाली प्रदेशको आर्थिक वर्ष २०७७/७८ आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार यो आँकडा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.५५ प्रतिशतले घटी हो।

गत वर्ष उक्त प्रदेशमा टेलिफोन वितरणको सङ्ख्यामा १.२२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

गत दुई आर्थिक वर्षको तथ्याङ्कका अनुसार एनसेल आजियटाले वितरिण गरेको टेलिफोनको संख्यामा क्रमशः २.८१ प्रतिशत र ०.७० प्रतिशतले गिरावट आएको छ।

प्रतिवेदन अनुसार नेपाल टेलिकमले वितरण गरेको टेलिफोन संख्यामा भने यो अवधिमा वृद्धि भएको देखिएको छ। यसै हसाबले समग्र टेलिफोनको संख्यामा ०.७७ प्रतिशतले वृद्धि हुन गएको हो।

आँकडा अनुसार २०७८ असार मसान्तसम्ममा कर्णाली प्रदेशभित्र जम्मा १० लाख ६४ हजार १ सय १९ टेलिफोन वितरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै सुर्खेत जिल्लामा ४ लाख ५ हजार ४ सय ५९ र सबैभन्दा कम डोल्पा जिल्लामा १३ हजार ८ सय १६ वितरण गरिएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार