एप्पलद्वारा एयरट्याग ट्र्याकरको समस्या समाधान गर्न एन्ड्रोइड एप सार्वजनिक

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
एप्पलद्वारा एयरट्याग ट्र्याकरको समस्या समाधान गर्न एन्ड्रोइड एप सार्वजनिक

काठमाडौं ।

अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो प्रतिस्पर्धी एन्ड्रोइडको स्मार्टफोनका लागि नजिकै एयर ट्याग रहेको डिटेक्ट गर्न सक्ने एप विकास गरेको छ।

एप्पलको एयर ट्याग लोकेशन ट्र्याक गर्ने साना डिभाइस हुन् जसलाई ब्याग तथा साँचोमा राख्ने गरिन्छ।

एयर ट्याग लगाइएका सामान कतै छुटेमा वा हराएमा ट्र्याक गर्न सजिलो हुन्छ। तर यी डिभाइसहरु कुनै व्यक्ति वा अन्य सामग्रीमा पनि थाहा नदिइ प्रयोग भएमा भने कसैले अरुका बारेमा अनावश्यक र गोप्य निगरानी हुन सक्छ। यो व्यक्तिको गोपनीयतामाथिको हननमा पर्न आउँछ।

उक्त नयाँ एपले एन्ड्रोइड यूजरलाई नजिकमा रहेका र आफूसँग सम्बन्ध नभएका ट्र्याकरहरुलाई पत्ता लगाउन सहयोग गर्छ।

एयर ट्यागले लाखो एप्पल डिभाइसलाई आफूनजिक भएका एयर ट्यागहरुलाई ट्र्याक गर्दै शक्तिशाली ट्र्याकिङ नेटवर्क निर्माण गर्दछ।

‘यी साना र महंगा ट्याग कुनै पिछलग्गूले कसैको कार वा व्यक्तिगत सम्पत्तिमा राखिदिन सक्छन र ती व्यक्तिलाई पिछा गर्न पनि सक्छन्’, पालाडिन नामक पीछाविरुद्धको वकालत सेवाका अध्यक्ष र्याचेल हर्मन-ब्राउनलाई उद्धृत गर्दै बीबीसी समाचारमा जनाइएको छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार