भिभोले नेपालमा चौथो वार्षिककोत्सव मनाउँदै, सेल्स कार्निभल आजदेखि आयोजना गर्दै

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार

काठमाडौं ।

विश्व प्रसिद्ध प्राविधिक ब्राण्ड भिभोले नेपालमा आफ्नो चौथो वार्षिककोत्सव मनाउने र सो अवसर पारेर सेल्स कार्निभल समेत आयोजना गरेको छ।

कम्पनीले यस वर्षका कार्यक्रमहरु विगत वर्षहरुको भन्दा ठूलो र आकर्षक रुपमा मनाइने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

चार बर्षको अवधिमा भिभोले नेपालको स्मार्टफोन बजारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ र अत्यधिक बिक्री हुने ब्राण्डमा आफ्नो स्थान बनाएको दाबी गरेको छ

कम्पनीका ब्राण्ड म्यानेजर पियुस गिरीले जानकारी दिए।

“आफ्नो बार्षिकोत्सवको अवसरलाई अझ स्मरणीय बनाउन नयाँ स्मार्टफोन ग्राहकहरु समक्ष ल्याउनेछ। यसका अतिरिक्त “सेल्स कार्निभल” को रुपमा मनाउदै आफ्ना ग्राहकहरुलाई उत्साहप्रद र उल्लेखनीय पुरस्कारद्वारा सम्मानित गर्नेछ,” कम्पनीले विज्ञप्तीमा भनेको छ।

सेल्स कार्निभल १५ डिसेम्बर २०२१ बाट शुरु भई ५ जनवरी २०२२ सम्म संचालन हुनेछ । त्यस अवधिमा भिभो ह्याण्डसेट खरीद गर्ने ग्राहकले ‘लक्की ड्र’ मा सहभागी हुन सक्नेछन् र लक्की ड्र मा ठूलै पुरस्कार पाइने कम्पनीले जनाएको छ।

त्यस अवसरमा भिभोले अति विशेष खालको इभेण्टको आयोजना चारबर्षको अन्तरालमा उल्लेखनीय जमघट गर्नेछ, जसमा सेलिब्रिटीहरु र प्रभावशाली ब्यक्तित्वहरु सहभागी हुनेछन्।

सेल्स कार्निभल १५ डिसेम्वरबाट शुरु हुनेछ र भिभोका पसल र खुद्रा विक्रेताबाट उत्पादन खरीद गर्न सकिने जानकारी दिएको छ।

भिभो नेपालका ब्राण्ड मेनेजर पियुष गिरीले भने, “नेपालमा यति उपलव्धि पूर्णरुपमा ४ वर्षको सेवा आश्चार्यजनक ढंगले वितेको छ, शुरुका वर्ष कम्पनीका लागि निकै चुनौतिपूर्ण थियो। तर ग्राहकहरुको हामी प्रतिको विश्वास र मायाले हामीलाई सेवा विस्तार गर्न सहयोग पुग्यो, त्यसका लागि ग्राहकहरु प्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दर्छौ।”

यसैबिच भिभोले नेपाली बजारमा भिभो वाई १५ एस समेत लन्च गरेको छ। यो फोन बजारमा १९,९९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार