नाइकीद्वारा भर्चुलल स्निकर तथा क्रिप्टो संकलन स्टार्टअप आरटीएफकेटीको स्वामित्व ग्रहण

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
नाइकीद्वारा भर्चुलल स्निकर तथा क्रिप्टो संकलन स्टार्टअप आरटीएफकेटीको स्वामित्व ग्रहण

काठमाडौं ।

स्पोर्ट्स परिधान तथा सामग्री निर्माता कम्पनी नाइकीले भर्चुअल स्निकर तथा क्रिप्टो संकलन स्टार्टअप आरटीकेएफटीको स्वामित्व ग्रहण गर्ने भएको छ।

सीएनबीसीका अनुसार कम्पनीले गत अक्टोबरमा भर्चुअल स्निकर तथा परिधान बिक्री गर्नका लागि ट्रेडमार्क दर्ता गराएको थियो।

त्यसै अनुसार अहिले कम्पनीले आर्टिफ्याक्ट उच्चारण हुने स्टार्टअप कम्पनी आरटीएफकेटीको स्वामित्व ग्रहण गरेको हो।

यसबाट कम्पनीको डिजिटल परिवर्तनमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ। आरटीएफकेटी सन् २०२० को शुरुमा स्थापना भएर त्यसयता कम्पनीकै भाषामा ‘मेटाभर्सका लागि तयारी स्निकर तथा सामग्रीहरु’ को सिर्जना गर्दै आइरहेको छ। यी सामग्रीमा मानिसहरुले वास्तविक रकम तिरेर किन्न मिल्ने सबै खाले डिजिटल सामग्रीहरु पर्दछन्।

केही समययता भर्चुअल सामग्रीहरुको किनबेच बढिरहेको छ भने मेटाभर्सतर्फ जाँदै गर्दा यस्ता सामग्रीको माग अझ बढ्ने निश्चित जस्तै छ।

नाइकीले आरटीएफकेटी किन्नुमा ठूलै योजना रहेको बुझिएको छ। नाइकीका अध्यक्ष ताथ सीईओ जोन डोनाहोएले भने, ‘हामी सर्जकहरुको निकै प्रतिभाशाली टीमलाई समावेश गरिरहेका छाैं। आरटीएफकेटीमा लगानी गर्नुमा उनीहरुको नवीन तथा सिर्जनात्मक समुदायलाई वृद्धि गर्ने तथा नाइकीको डिजिटल फूटप्रिन्ट र क्षमता पनि अभिवृद्धि गर्ने हाम्रो योजना रहेको छ।’

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार