द्रूत सेवामार्फत एमआरपी दिन बन्द, अब विद्युतीय राहदानी मात्र जारी गरिने

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
द्रूत सेवामार्फत एमआरपी दिन बन्द, अब विद्युतीय राहदानी मात्र जारी गरिने

काठमाडौं ।

राहदानी विभागले द्रूत सेवामार्फत दिँदै आएको मेसिन रिडेबल पासपोर्ट (एमआरपी) मंसिर २८ गतेदेखि जारी गर्न बन्द गरेको छ। विभागले अबदेखि द्रूत सेवामार्फत विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट मात्र जारी गर्ने जानकारी दिएको छ।

अबदेखि द्रूत सेवामार्फत पासपोर्ट लिनुपर्ने भएमा राष्ट्रिय परिचय पत्र र त्यसको परिचयपत्र नम्बरसहित निवेदन दिनुपर्नेछ। यसरी आवेदन दिने सेवाग्राहीले अबदेखि केबल विद्युतीय राहदानी मात्र प्राप्त गर्नेछन् ।

यो प्रकृयाको लागि सेवाग्राहीले अनलाइन emrtds.nepalpassport.gov.np मार्फत आवेदन भरेर ई-पासपोर्टको लागि समय बुक गर्न र तोकिएको मितिमा राहदानी विभागको नयाँ भवन त्रिपुरेश्वरमा सम्पर्क गर्न भनेको छ।

यसका साथै विभागले द्रूत सेवामार्फत जिल्ला प्रशासन तथा ईलाका प्रशासन कार्यालयबाट लिनसकिने समेत जानकारी दिएको छ।

विभागले मंसिर १ गतेदेखि विद्युतीय राहदानी अर्थात ई-पासपोर्ट मात्र जारी गरिरहेको छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...