काठमाडौं महानगरपालिकाको अनलाइन प्रणाली राजस्व सङ्कलनमा १६० करदाता जोडिए

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
काठमाडौं महानगरपालिकाको अनलाइन प्रणाली राजस्व सङ्कलनमा १६० करदाता जोडिए
फाइल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले शुरु गरेको अनलाइन प्रणालीमार्फत् राजस्व सङ्कलनमा १६० करदाता जोडिएका छन्।

गत असोज १ गतेदेखि महानगरपालिकाले सो अनलाइन प्रणाली शुरु गरिरहेकामा हाल अनलाइनमा १६० करदाता जोडिएको जानकारी दिएको छ।

सोहि अनलाइनमार्फत हालसम्ममा १०० जनाले कर बुझाएको कामपा राजस्व विभाग प्रमुख डा. शिवकुमार अधिकारीले उल्लेख गरेका छन्।

उनकाअनुसार सो व्यवस्थाले करदातालाई कार्यालयमा आएर लामो समयसम्म लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ। तर कतिपय यस विषयमा जानकार नहुँदा अझै पनि धेरैले कार्यालयमा नै आएर कर तिर्ने गरेको विभागले जनाएको छ।

कर आफ्नै खाताबाट सिधैँ तिर्नका लागि सेवाग्राहीले वडा कार्यालयको राजस्व सफ्टवेयरमा आफ्नो सम्पत्ति तथा व्यवसायको विवरण भरेर करदाता सङ्केत नम्बर लिनुपर्ने हुन्छ।

अघिल्लो वर्ष नै अनलाइनमार्फत महानगरको कर तिरेको भए रसिदबाट समेत करदाता सङ्केत नम्बर र आन्तरिक सङ्केत नम्बर लिन सकिने महानगरपालिकाले जनाएको छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...