टोयोटा समर्थित पोनी डट एआईको चालकरहित कार परीक्षणको अनुमति निलम्बन

  • Technology Khabar | २९ मंसिर २०७८, बुधबार
टोयोटा समर्थित पोनी डट एआईको चालकरहित कार परीक्षणको अनुमति निलम्बन

काठमाडौं ।

टोयोटाद्वारा समर्थित चिनियाँ अटोनोमस ड्राइभिङ कम्पनी पोनी डट एआई (Pony.ai) ले अमेरिकाको क्यालिफोर्नियामा पूर्ण रूपमा सेल्फ ड्राइभिङ सवारी साधनहरूको परीक्षण गर्न नसक्ने भएको छ।

फ्रिमन्टमा रिपोर्ट गरिएको टक्करको केही हप्तापछि डिएमभीले नोभेम्बर १९ मा यसको चालकविहीन कार परीक्षण अनुमति निलम्बन गरेसँगै सो राज्यमा चलाउन नसक्ने रोयटर्सले रिपोर्ट गरेको छ।

राज्यको डिएमभीमा दायर गरिएको रिपोर्टको आधारमा, अक्टोबर २८ मा एक पोनी डट एआई गाडीले सडकको केन्द्रमा भएको डिभाइडर र ट्राफिक साइनलाई ठक्कर दिएको थियो।

कम्पनीको यो हालसम्मको एक मात्र सवारी दुर्घटना थियो, र त्यहाँ कुनै चोटपटक र अन्य सवारी साधनहरू संलग्न थिएनन्। दुर्घटनाको कुन पक्षले डिएमभीलाई पोनी डट एआईको अनुमति निलम्बन गर्न प्रेरित गर्यो भन्ने अस्पष्ट छ । तर कम्पनीले तुरुन्तै अनुसन्धान सुरु गरेको र टक्करको कारण पत्ता लगाउन एजेन्सीसँग काम गरिरहेको बताएको छ।

पोनी डट एआईले क्यालिफोर्नियामा पूर्ण रूपमा स्वायत्त सवारी साधनहरूको परीक्षण गर्न सक्षम हुनेछैन तर यसले व्हील पछाडि सुरक्षा चालकहरूका साथ यसको परीक्षण जारी राख्न सक्छ।

कम्पनीसँग १० वटा हुन्डाई मोटर कोना इलेक्ट्रिक भेहिकल परीक्षणका लागि दर्ता भएका छन् र छ महिनाअघि राज्यका तीन सहरका लागि चालकविहीन परीक्षण अनुमति पाएका छन्।

क्यालिफोर्नियामा पूर्ण रूपमा सेल्फ ड्राइभिङ कारको परीक्षण अनुमति पाउने यो ८ औं कम्पनी हो । यसले हालै मात्र बेईजिङ्गमा सशुल्क अटोनोमस कार सेवाको अनुमति पाएको छ।

प्रकाशित: २९ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

दुर्गममा दू्र चिकित्सा सेवा प्रभावकारी

  • Technology Khabar
  • २९ मंसिर २०७८, बुधबार