
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको सहायक ब्रान्ड रेडमीकै वाच २ लाइट अब यूरोपमा पनि उपलब्ध भएको छ। कम्पनीले गत नोभेम्बरमा घोषणा गरेको यो डिभाइस
यूरोपमा एमआईका आधिकारिक शोरुमबाट किन्न सकिने बताइएको छ।
यूरोपमा प्रवेश गरे पनि यो डिभाइस यूरोपका सबै मुलुकमा भने उपलब्ध छैन। तत्कालका लागि जर्मनीमा उपलब्ध हुने तथा सूचीकृत फ्रान्स, इटली तथा स्पेनमा भने उपलब्ध नहुने भएको छ।
रेडमी वाच २ लाईटको यूरोपमा ६९.९९ यूरो मूल्य तोकिएको छ। जर्मनीमा यो डिभाइस कालो रंगमा उपलब्ध रहेको छ। कम्पनीले सेतो र नीलो रंगका वाच २ लाईट भने केही समयपछि उपलब्ध गराउने अपेक्षा गरिएको छ।
प्रकाशित: २८ मंसिर २०७८, मंगलवार