
काठमाडौं ।
बोर्ड एप योट क्लबमा १० हजार डिजिटल कला रहेका र तीमध्ये अधिकांश एक आपसमा थोरै तलमाथिको मूल्यमा रहेको बताइएको छ।
बोर्ड एप योट क्लबमा १० हजार डिजिटल कला रहेका र तीमध्ये अधिकांश एक आपसमा थोरै तलमाथिको मूल्यमा रहेको बताइएको छ।
बोर्ड एपको ३,५४७ नम्बरका धनीले आफ्नो एनएफटी अनलाईन बिक्रीका लागि सूचीकृत गर्दा टाइपमा गल्ती गरेका हुन्।
वास्तवमा ३ लाख डलर मूल्य बराबरको उक्त एनएफटी ३ हजारमा राखेको र त्यति कम मूल्यको एनएफटी तुरुन्तै एउटा अटोमेटेड एकाउन्टले किनेर फेरि अनलाईनमा २ लाख ५० हजार डलरमा बिक्रीका लागि राखेको थियो।
यसका बिक्रेता म्याक्सनटले आफूले बोर्ड एपको ३,५४७ नम्बरको एनएफटी ७५ इथेरियममा बिक्रीङ्का लागि राख्ने योजना बनाएको सीनेटलाई बताएका छन्।
इथेरियम एनएफटीको कारोबारमा सबैभन्दा बढी प्रयोग गरिने क्रिप्टोकरेन्सी हो।

तर ती बिक्रेताले दैनिक रुपमा यस्ता एनएफटी बिक्रीका लागि अनलाइन सूचीकरण गर्ने भएकाले उक्त एनएफटीको मूल्य ७५ ईटीएच लेख्नुपर्नेमा भूलवश ०.७५ ईटीएच लेखेका थिए जसलाई डलरमा अनुवाद गर्दा २ हजार ९८९ हुन आउँछ।
‘मेरा औंलाहरुले माउस क्लिक गर्नै लाग्दा मैले उक्त गल्तीट देखे, तर मैलै क्यानसिल गर्नुअगाडि नै यो किनबेचको प्रक्रियामा गइसकेको थियो। एउटा सानो गल्तीका कारण मैले अढाई लाख डलर गुमाउनु पर्यो’,उनले भने।
प्रकाशित: २८ मंसिर २०७८, मंगलवार