
काठमाडौं ।
हङकङमा सूचीबद्ध चिनियाँ सामाजिक सञ्जाल वेइबोको सेयर मंगलबार ९ प्रतिशतभन्दा बढीले घटेको छ।
यसको अपरेटर कम्पनीलाई नियामकहरूले तिस लाख युआन (करिब ४ लाख ७१ हजार १५१ अमेरिकी डलर) जरिवाना लगाएपछि सेयरको मूल्य घटेको सीएनबीसीले उल्लेख गरेको छ।
चीनको साइबरस्पेस प्रशासनले आफ्नो आधिकारिक वीच्याट खातामा यसले वेईबोको अपरेटर बिजेवेईमेङ्ग इन्नोभेसन एण्ड टेक्नोलोजीलाई जरिवाना गरेको बताएको छ किनभने केही खाता र सामग्रीले सान्दर्भिक कानून र नियमहरूको उल्लङ्घन गरेको छ।
नियामकका अनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा वेइबोले ४४ वटा कारबाहीका साथमा कुल १ करोड ४३ लाख युआन जरिवाना तिरेको छ।
गत हप्ता हङकङमा वेईबोको दोस्रो बजार सूचीकरणपछि, स्टक १० प्रतिशत भन्दा बढी गुमेको छ। यसको नास्डाक सूचीबद्ध शेयरहरू वाल स्ट्रिटमा रातारात ६ प्रतिशत घट्यो र वार्षिक आधारमा २६ प्रतिशत भन्दा बढि डुब्यो।
जरिवानाको जवाफ दिँदै, वेईबोले आवश्यक परिमार्जन गर्ने, आफ्नो जिम्मेवारी अभ्यास गर्ने, र यसको शासन सुधार गरिरहने बताएको छ।
प्रकाशित: २८ मंसिर २०७८, मंगलवार