इलन मस्कले ९० करोड ६५ लाख डलर मूल्य बराबरका टेस्लाको सेयर बेच्दै

  • Technology Khabar | २८ मंसिर २०७८, मंगलवार
इलन मस्कले ९० करोड ६५ लाख डलर मूल्य बराबरका टेस्लाको सेयर बेच्दै

काठमाडौं ।

टेस्ला इंकका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले ९० करोड ६५ लाख डलर मूल्यको विद्युतीय सवारी साधन निर्माता कम्पनीको थप ९ लाख ३४ हजार ९१ शेयर बेचेका छन् ।

अमेरिकी सेक्युरिटी फाइलिङले सोमबार देखाएअनुसार मस्कले यसअघिको भन्दा थप सेयर बेचेका हुन् ।

फाइलिङका अनुसार उनले टेस्लाको २.१३ मिलियन शेयर किन्नको लागि स्टक विकल्पहरू पनि प्रयोग गरेका थिए।

यसअघि मस्कले ट्विटरमा आफ्ना अनुयायीहरुलाई टेस्लाको सेयर बेच्ने वा नबेच्ने बारेमा सर्वेक्षण गराएका थिए भने त्यसअगाडी नै उनले अर्बौं डलरको सेयर बेचिसकेका थिए। एजेन्सीहरु

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार