एप्पलले २०२२ मा मिनि एलईडी डिस्प्लेसहितको २७ इन्च आईम्याक प्रो सार्वजनिक गर्ने

Technology Khabar २८ मंसिर २०७८, मंगलवार

काठमाडौं ।

एप्पलले सन् २०२२ मा २७ इन्चको मिनी एलईडी डिस्प्ले भएको आईम्याक प्रो सार्वजनिक गर्ने भएको छ।

हालै बाहिरिएका चर्चाहरुका अनुसार एउटा डिस्प्ले आपूर्ति श्रृङ्खला परामर्शदाताले एप्पलले उक्त आकार र प्रविधियुक्त आईम्याक प्रो ल्याउने भएको हो।

उक्त रिपोर्ट अनुसार एप्पलले २० इन्चको आईम्याक प्रो मा मिनि इलईडी डिस्प्ले तथा प्रोमोशन प्रविधि समावेश गर्ने र सन् २०२२ को वसन्त ऋतुसम्म सार्वजनिक गर्ने आकलन गर्न सकिन्छ।

उक्त समयमा कम्पनीले यूनिभर्सल कन्ट्रोल फिचर पनि सार्वजनिक गर्ने योजना बनाएको छ।

आईम्याक प्रो मा मिनि एलईडी प्रयोग भएमा यो प्रविधि समावेश भएको एप्पलको यो तेस्रो उत्पादन हुनेछ।

यसअघि कम्पनीले एम१ आईप्याड प्रो तथा एम१ म्याक्स म्याकबुक प्रो मा उक्त प्रविधि समावेश गरेको थियो।

गत हप्ता पावर अन न्यूजलेटरमा ब्लूमबर्गका मार्क गर्मनले एप्पल सन् २०२२ मा सार्वजनिक हुने एप्पलको चिपयुक्त तथा परिष्कृत हाइ-इन्ड आईम्याकमा काम गरिरहेको उल्लेख गरेका थिए।

यसअघि भने गर्मनले कम्पनीले २४ इन्चको एम१ आईम्याकमा केन्द्रित हुनु परेकाले २७ इन्चको भेरियन्ट रद्द गर्ने खबर छापेका थिए।

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया