इन्टेलले मलेसियामा चिप प्लान्टका लागि ७.१०अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | २८ मंसिर २०७८, मंगलवार
इन्टेलले मलेसियामा चिप प्लान्टका लागि ७.१०अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

चिप निर्माता इन्टेल कर्पोरेसनले मलेसियामा चिप प्लान्टका लागि लगानी गर्ने भएको छ। अमेरिकी कम्पनीले नयाँ, अत्याधुनिक स्टेट अफ आर्ट सुविधामा ३० अर्ब रिङ्गिट (७.१०अर्ब डलर) लगानी गर्ने मलेसियाली अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

मलेसियाली लगानी विकास प्राधिकरणले एक मिडिया निमन्त्रणामा, इन्टेल कर्पोरेसनले उत्तरी राज्य पेनाङमा यसको एडभान्स सेमिकण्डक्टर प्याकेजिङ टेक्नोलोजीहरूको लागि उत्पादन क्षमताहरू विस्तार गर्न मलेसियालाई छनोट गरेको बताएको छ।

मलेसियामा इन्टेलको सञ्चालनमा एडभान्स प्याकेजिङ क्षमताहरू थप्नुले यसको सपोर्ट गतिविधिहरू र यसको विश्वव्यापी सेवा केन्द्रलाई बलियो बनाउने बताईएको छ।

यो लगानीले मलेशियालाई उत्पादन र साझा सेवाहरूको प्रमुख हबको रूपमा स्थापित गर्नेछ।

यस बारेमा कम्पनीले पत्रकार सम्मेलनमार्फत थप जानकारी प्रदान गर्ने बताईएको छ।

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार