दक्षिण कोरियाले कोभिड लागेका व्यक्तिहरु ट्र्याक गर्न एआई प्रविधियुक्त फेसियल रिकग्निशनको प्रयोग गर्ने

  • Technology Khabar | २८ मंसिर २०७८, मंगलवार
दक्षिण कोरियाले कोभिड लागेका व्यक्तिहरु ट्र्याक गर्न एआई प्रविधियुक्त फेसियल रिकग्निशनको प्रयोग गर्ने

काठमाडौं ।

दक्षिण कोरियाले छिट्टै कोरोना भाइरसबाट ग्रसित व्यक्तिको हाउभाउ ट्र्याक गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स, फेसियल रिकग्निशन तथा सीसीटीभी क्यामरा प्रयोग गर्ने एउटा गुरुयोजना सार्वजनिक गर्ने भएको छ।

यी प्रविधिको प्रयोग गरेर हाउभाउ ट्र्याक गर्दा कसैको व्यक्तिगत स्वतन्त्रता हनन नहुने कम्पनीको भनाइ छ।

राज्यको आर्थिक सहयोगमा बुचोनमा सञ्चालन हुने यो परियोजना सोउलको छेउछाउमा देशकै सबैभन्दा घना आवादी भएको क्षेत्रमा सञ्चालन हुने भएको हो। उक्त शहरका अधिकारीले रोयटर्सलाई बताए अनुसार यो परियोजना जनवरीमा शुरु हुने भएको छ।

उक्त सिस्टमले एआई अल्गोरिदम तथा फेसियल रिकग्निशन प्रविधिको उपयोग गर्ने र यस प्रक्रियमा प्रयोग गरिएका १० हजार ८२० ओटा सीसीटीभी क्यामराको फुटेजलाई विश्लेषण गरेर कोभिडग्रस्त व्यक्ति तथा उनको नजिक सम्पर्कमा रहेका व्यक्तिहरुको चाल पत्ता लगाउने बताइएको छ।

यसबाहेक ती व्यक्तिहरुले मास्क लगाएका छन् वा छैनन् भन्ने कुरा पनि पत्ता लगाउने हालै विज्ञान तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई बुजाइएको११० पेजको बिजनेस प्लानमा उल्लेख गरिएको रोयटर्सले जनाएको छ।

रोयटर्सले आफूलाई उक्त बिजनेस प्लान एक सांसदले उपलब्ध गराएको पनि उल्लेख गरेको छ।

प्रकाशित: २८ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार