बैंक अफ काठमाण्डूका ग्राहकले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने

  • Technology Khabar | २७ मंसिर २०७८, सोमबार
बैंक अफ काठमाण्डूका ग्राहकले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्म छुट पाउने

काठमाडौं ।

बैंक अफ काठमाण्डूको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले सस्तो डिलको सुपर डे योजनामा ३ हजारसम्मको छुट पाउने भएका छन् ।

बैंकले आफ्नो कार्डबाहक ग्राहकलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्न विशेष छुट योजना ल्याएको हो ।

सस्तोडिलले सुपर डे योजना डिसेम्बर १५ तारिखदेखि १७ तारिखसम्म संचालन गर्न लागेको छ । जस अन्तरगत सस्तो डिलको सुपर डे योजनामा बैंकको कार्डबाहक ग्राहकले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशत वा अधिकतम ३ हजारसम्म छुट पाउने छन्।

बैंक अफ काठमाण्डूले हाल ९१ शाखा, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको जनाएकोछ।

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार