क्याम्पस पोशाकमा र क्याम्पस परिसरमा टिकटक बनाउन रोक

  • Technology Khabar | २७ मंसिर २०७८, सोमबार
क्याम्पस पोशाकमा र क्याम्पस परिसरमा टिकटक बनाउन रोक

काठमाडौं ।

कैलाली स्थित घोडाघोडी बहुमुखी क्याम्पसले क्याम्पस पोशाकमा र क्याम्पस परिसरमा टिकटक बनाउन रोक लगाएको छ।

अध्ययनरत विद्यार्थीले स्मार्टफोन प्रयोग गरी क्याम्पस परिसरभित्रै टिकटक बनाएको गुनासो आएपछि क्याम्पसले सूचना निकाल्दै यस्तो निर्णय गरेको नेपाल प्रेसले पहिलो पटक रिपोर्ट गरेको छ।

अबदेखि क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाएको हो।

क्याम्पस प्रशासनले सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिई आचारसंहिता अनुसार कारबाही गरिने जनाइएको छ।

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार