बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्जा काट्न डिजिटल सेवा प्रारम्भ

  • Technology Khabar | २७ मंसिर २०७८, सोमबार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्जा काट्न डिजिटल सेवा प्रारम्भ

काठमाडौं ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बहिरङ्ग विभाग (ओपीडी)का लागि पुर्जा काट्न डिजिटल सेवा प्रारम्भ गरेको छ।

पूर्वी नेपालका साथै सीमावर्ती भारतीय क्षेत्रबाट उपचारका लागि आउने बिरामी तथा आफन्तहरूले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता हटाउनका लागि प्रतिष्ठानले पुर्जा काट्न डिजिटल सेवा प्रारम्भ गरेको हो ।

प्रतिष्ठानले डिजिटल एप्लिकेसनमार्फत पुर्जा काट्ने सेवा सुरुवात गरेको अस्पताल निर्देशक प्रा.डा. गौरीशङ्कर साहले जानकारी दिए ।

यो सेवा प्रारम्भसँगै अब प्रतिष्ठानमा आउने बिरामीले अनलाइनमार्फत नै अस्पतालको ओपीडीको पुर्जा लिन सक्ने छन् ।अनलाइनको व्यवस्था नहुँदा प्रतिष्ठानमा दैनिक घण्टौँ लाइन लागेर पुर्जा लिनुपर्ने अवस्था थियो । जसका कारणले टाढाबाट आउने बिरामीले दुई दिनमा मात्रै सम्बन्धित चिकित्सकलाई भेट्न सक्थे ।

बिरामीले जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत ओपीडीको पुर्जा लिएर आफूले चाहेको चिकित्सकलाई सोही दिन पनि भेट्न सक्ने व्यवस्था गरिएको छ ।

सेवाग्राहीले एन्ड्रोइड मोबाइल फोनको प्ले स्टोरबाट बीपीके आईएचएस एप्लिकेसन डाउनलोड गरी पुर्जा काट्न सक्ने डा. साहको भनाइ छ। गोरखापत्रबाट

प्रकाशित: २७ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार