अमेरिकामा सेन्ट लुइस नजिकैको अमेजन गोदाममा छत भत्किँदा मानिसहरू हताहत

  • Technology Khabar | २५ मंसिर २०७८, शनिबार
अमेरिकामा सेन्ट लुइस नजिकैको अमेजन गोदाममा छत भत्किँदा मानिसहरू हताहत

काठमाडौं ।

अमेरिकामा सेन्ट लुइस नजिकै रहेको अमेजन डट कमको गोदाममा शुक्रबार ढिलो गरी आँधीबेहरी र हावाहुरी आएपछि छत आंशिक रूपमा भत्किँदा धेरै मानिसहरू फसेको स्थानीय अधिकारीहरूले बताएका छन्।

कोलिन्सभिल आपतकालीन व्यवस्थापन एजेन्सीले यो “सामुहिक हताहतीको घटना” भएको बताएको छ, र दक्षिणी इलिनोइसको एडवर्ड्सभिलमा रहेको गोदाममा धेरै व्यक्ति फसेको उल्लेख गरेको छ।

फेसबुकमा जानकारी पोष्ट गरेर बताए पनि एजेन्सीले बिस्तृत विवरण दिएको छैन्।

कम्पनीले सुविधाको अवस्था र क्षतिको आकलन गरिरहेको अमेजनका प्रवक्ताले भनेका छन्।एजेन्सीहरु

प्रकाशित: २५ मंसिर २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...